‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’- पद्मा अर्याल-Sutra News

‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’- पद्मा अर्याल

सोमबार, ६ असार २०७९

सोमबार, ६ असार २०७९

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ ।



बैठक सुरु भएलगत्तै नेकपा(एमाले)का सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाइन् । उनले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाइन् ।

हेर्दा सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै जनता निरास बनाउने काम गरिएको उनको भनाइ थियो । छोटोछोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको उनले बताए ।

उनले मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गरे । सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट