क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ-Sutra News

क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोगकाविरुद्ध जनचेतना जगाउन भक्तपुरमा हाइकिङ गरिएको छ ।



भक्तपुरको नगरकोटमा हाइकिङ कार्यक्रम गरिएको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिका १ स्थित निभा होटलबाट नगरकोट बसपार्कसम्म झण्डै दुई किलोमिटरको यात्रामा हाइकिङ गरिएको हो । हाइकिङमा क्यासर विरुद्ध लडेर विजय प्राप्त पूर्व झण्डै तीन दर्जन क्यान्सर रोगीहरु रहेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहका महासचिव गणेशभक्त श्रेष्ठले समूहले क्यान्सर रोगविरुद्ध निरन्तर जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको जानकारी गराए । यही क्रममा भक्तपुरको नगरकोटबासीमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी उनले गराए ।

उनले क्यान्सर रोग लाग्न नदिन निरन्तर शरीर जाँंच गर्नुपर्ने र भइहालेमा नडराइकन क्यान्सर रोगको उपचार गरेर क्यान्सरलाई परास्त गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट