ज्ञापनपत्र बुझाउन गएको समूहले उपमेयरलाई जुत्ता हानेर फर्कियो-Sutra News

ज्ञापनपत्र बुझाउन गएको समूहले उपमेयरलाई जुत्ता हानेर फर्कियो

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि एक समूहले जुत्ता प्रहार गरेको छ । सो समूह ज्ञापनपत्र बुझाउन आएको बुझिएको छ ।



जनकपुरधाम उपमहानगरपालिका- २३ स्थित बेलगाउँमा अतिक्रमण भएको जग्गा खाली गराउन माग गर्दै उक्त समूह ज्ञापनपत्र बुझाउन आएको थियो ।

सुरुमा उनीहरू मेयरलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर नभेटेपछि उपमेयरलाई ज्ञापनपत्र बुझाइएको थियो ।

उपमेयर साहमाथि आक्रमण गरिएपछि नगर प्रहरी र नेपाल प्रहरीले उनलाई जोगाएको छ । जनप्रतिनिधिमाथि आक्रोशित रुपमा व्यक्त भएको सो समूहले घुस लिएर केही नबोल्ने गरेको आरोपसमेत लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट