राप्रपामा प्रवेश गरेका नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरूलाई लिङ्देनले गरे स्वागत-Sutra News

राप्रपामा प्रवेश गरेका नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरूलाई लिङ्देनले गरे स्वागत

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

काठमाडौं । नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रबेश गरेका छन् । आइतबार उपाध्यक्ष सुदर्शन सिटौला र सह महामन्त्री दिपक कार्की सहितका नेताहरु राप्रपामा प्रबेश गरेका हुन् ।



राप्रपामा प्रबेश गरेका नेताहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देनलेसदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । पार्टी प्रबेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राप्रपा प्रतिको विश्वासलाई पश्चातापमा बदल्ने दिन कहिल्यै आउन दिन नहुने बताए । यस्तै उक्त कार्यक्रमकाबीच केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुब थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल लगायत राप्रपामा प्रबेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट