सेयर लगानीकर्ताहरुको आन्दोलन जारी, आज राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने-Sutra News

सेयर लगानीकर्ताहरुको आन्दोलन जारी, आज राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

सेयर लगानीकर्ताहरुले पूँजीबजार सुधार र विकासका लागि निरन्तर आन्दोलन जारी राखेका छन् । गत जेठ २० गतेदेखि पूँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन् । उनीहरुले आज दिउँसो १ बजे नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने भएका छन् ।



राष्ट्र बैंकअगाडि प्रदर्शन गरिने स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बताए । ‘आज मध्याह्न साढे १२ बजे भाटभटेनीमा भेला भएर १ बेज राष्ट्र बैंक पुग्ने कार्यक्रम छ’, उनले भने । अध्यक्ष कार्कीका अनुसार राष्ट्र बैंकअगाडि प्रदर्शन गर्नुका साथै त्यहाँ १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको छ।

त्यस्तै संघर्ष समितिका संयोजक तिलक कोइरालाको आज आमरण अनशनको पाँचौँ दिन हो । उनी गत असार १ गतेदेखि खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन बसेका छन् । लगानीकर्ताहरुले आन्दोलन, प्रर्दशन र आमरण अनसनबाट नियामक निकायहरुलाई पूँजी बजार सुधारका लागि दवाव दिइरहेका छन् ।

लगानीकर्ताहरुले सेयर धितोकर्जामा राष्ट्र बैंकले लगाएको ४/१२ करोडको क्यापको खारेजी, गभर्नरको राजीनामा, ब्रोकरहरुको सेवा विस्तार तथा बैंकलाई ब्रोकर लाइसेन्स, पूँजीगत लाभकरमा समयसापेक्ष समायोजन, विगतमा भएका सम्झौताको अक्षरश कार्यान्वयन गरी बजारसँग सम्बन्धित समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट