खानेपानी ल्याउन श्रमदान गर्दै धरान उपमहानर प्रमुख राई-Sutra News

खानेपानी ल्याउन श्रमदान गर्दै धरान उपमहानर प्रमुख राई

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

धरान उपमहानगर प्रमुख हर्कराज राईले खानेपानीको लागि पकुवा खोलामा श्रमदान गर्नुभएको छ।



उपमहानगर प्रमुख भएपछि खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित हुनुभएका राई शनिबार श्रमदान गर्न खोलामा पुग्नुभएको हो। 

धरानको  मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावको एजेन्डा बने पनि पानी वितरण गर्न भने कसैले सकेका छैनन्। 

उपमहानगर प्रमुख राईको चुनावको मुख्य एजेन्डा खानेपानी नै थियो। सोही अनुरुप प्रमुख पदमा निर्वाचित भएपछि उहाँ पानीको जोहो गर्न लाग्नुभएको हो।

खानेपानी ल्याउन इञ्जिनियरसहित पकुवा खोलामा  पुगेर धराने जनताको सहकार्यमा शनिबार श्रमदान गर्नुभएको हो। 

दीर्घकालीन लक्ष्य भनेको सप्तकोशीबाट पानी ल्याउने भएपनि हालको समस्या समाधान गर्नका लागि धरान वरपर भएका पानीका मुहानबाट  समस्याको समाधान गर्ने तयारी भएको स्वीकय सचिव सुदर्शन लिम्बूले जानकारी दिनुभयो। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट