मलामी बोकेको गाडी दुर्घटना, २६ जना घाइते-Sutra News

मलामी बोकेको गाडी दुर्घटना, २६ जना घाइते

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

धादिङ – मलामी बोकेर मैदीतर्फ जाँदै गरेको स्वाराज गाडी आज मैदीभन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।



स्वराज ट्रकको पछाडि बसेका मलामी घरतर्फ जाँदै थिए । सोही अवस्थामा दुर्घटना भएको हो । बा४ख १२२९ नंको गाडि नीलकण्ठ नगरपालिका–८ मैदीभज्याङमा दुर्घटना भएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

दुर्घटनामा घाइते भएका पाँच जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । छ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने १५ जनाको सामान्य उपचारपछि घर फर्किएका छन् । दुर्घटनापछि सवारी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट