दुबईका राजकुमारले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार, कति मूल्यको होला ?-Sutra News

दुबईका राजकुमारले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार, कति मूल्यको होला ?

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

काठमाडौं – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आएका छन् ।



शनिवार श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार ल्याइदिएका छन् ।

उक्त सुनको लौरो कति मूल्यको भन्ने अहिले खुलेको छैन । दुबईका राजकुमारलाई स्वागत गर्न प्रसाईसहितको टोली विमानस्थल पुगेको थियो ।

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । दुबईका राजकुमारले नेपालमा रहदा काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट