देशलाई एसपीपीको भुंग्रोमा राखेर प्रधानसेनापति अमेरिका उडे-Sutra News

देशलाई एसपीपीको भुंग्रोमा राखेर प्रधानसेनापति अमेरिका उडे

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आज अमेरिका भ्रमणमा निस्केका छन् ।



कुनै समय नेपाली सेनाले अघि बढाएको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)ले अहिले देशव्यापी रुपमा चर्चा कमाएको छ   । यही चर्चाको बीच शर्मा अमेरिका भ्रमणमा निस्केका हुन् । उनी अहिले लेवनान प्रस्थान गरेका छन् उनी त्यतैबाट अमेरिका प्रस्थान गर्नेछन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए।

नेपाली सेनाका अनुसार भ्रमणको क्रममा उनले शान्ति सैनिक रहेका मिसनको निरीक्षण तथा त्यहाँको वस्तुस्थिति बारेमा जानकारी लिनेछन् ।

उनले लेबनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट