मोदीले आमालाई गरेको माया रहरलाग्दो, आमाको खुट्टा धोएर जन्मदिन मनाए-Sutra News

मोदीले आमालाई गरेको माया रहरलाग्दो, आमाको खुट्टा धोएर जन्मदिन मनाए

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको जन्मदिन मनाएका छन् । शनिवार आमा हीराबेन मोदीको खुट्टा धोएर आशीर्वाद लिदै आमाको १०० औँ जन्मदिन मोदीले बनाएका हुन् ।



शनिवार मोदीले सामाजिक सञ्जालमार्फत आमाको जन्मदिनबारे जानकारी गराएका छन् । आमालाई भेटेपछि तस्बिर शेयर गर्दै उनले भने – ‘आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ’

हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आज नै गान्धीनगरको एउटा सडकलाई हीराबेन मोदी मार्ग नाम राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट