‘लाउरे’ अब लागूऔषधविरुद्धको अभियन्ता-Sutra News

‘लाउरे’ अब लागूऔषधविरुद्धको अभियन्ता

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

काठमाडौं – चर्चित र्यापर आसिस राणा ‘लाउरे’ लागूऔषधविरुद्धको अभियन्ता बनेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ‘लागूऔषधविरुद्धको सप्ताहव्यापी सचेतना कार्यक्रम’ मा दूतका रूपमा प्रस्तुत गरेको हो ।



उनले लागू औषधसम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत असार ६ गते आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रम पोखरा सभागृह हलमा आयोजना गरिएको छ ।

उक्त कार्यक्रम असार ६ देखि १२ सम्म सञ्चालन हुने जनाइएको छ । लाउरे लागू औषधमा पक्राउ परी हिरसाद बसाईपछि छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट