अत्याधिक गर्मी बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध-Sutra News

अत्याधिक गर्मी बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

एजेन्सी – फ्रान्सका केही भागमा तापक्रममा उच्च बृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ ।



बिहीबार,फ्रान्सका केही भागहरू वर्षको सुरुमा ४० डिग्री सेल्सिय तापक्रम पुगेको थियो । ग्लोबल वार्मिङका कारण तीव्र गर्मीको अवधि लामो समयसम्म चल्ने वैज्ञानिकहरू बताउँछन् ।

स्पेन, इटाली र बेलायतमा पनि उच्च तापक्रम बढिरहेको छ । “ताप लहरमा अन्त्य नभएसम्म गिरोन्डेमा सार्वजनिक कार्यक्रममा निषेध गरिएका अधिकारीहरूले बताएका छन् ।

वातानुकूलित नभएका ठाउँहरूमा घरभित्र गर्ने कार्यक्रमहरूमा पनि प्रतिबन्धित लगाइएको छ । निजी उत्सवहरू जस्तै विवाहमा भने अनुमति दिइनेछ । ‘सबैले अब स्वास्थ्य जोखिमको सामना गरिरहेका छन्’, स्थानीय अधिकारी फाबियन बुचियोले फ्रान्स ब्लु रेडियोलाई भने ।

फ्रान्सेली गृह मन्त्रालयले मानिसहरूलाई अत्यन्त सावधान रहन र घाममा बाहिर ननिस्कन चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट