पूजा शर्मा र आँचल शर्माको भिडन्त-Sutra News

पूजा शर्मा र आँचल शर्माको भिडन्त

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

काठमाडौं – फिल्म ‘झिंगेदाउ’मा अभिनेत्री आँचल शर्मा नौलो भूमिकामा देखिदैछन् । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यस फिल्ममा आँचल मात्र होइन अभिनेत्री केकी अधिकारी पनि नौलो भूमिकामा देखिदैछिन् ।



उनीहरु यस फिल्ममा जेठानी र देवरानीको भूमिकामा छन् । गाउँले पहिरनमा देखिएका उनीहरुको फिल्म हेर्न दर्शक आतुर देखिन्छन् । भदौ ३१ गते प्रदर्शन हुने भनिएको यस फिल्म सरेर भदौ १७ मा आएको छ ।

शुक्रवार दुई पोस्टर सार्वजनिक गर्दै यस फिल्मको रिलिज मिति घोषणा गरिएको हो । यस फिल्ममा मुकुन भुषाल र कुशल बिष्टको पनि मूख्य भूमिका रहेको छ । तर रोचक कुरा यही मितीमा पूजा शर्मा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शनमा आउँदैछ ।

अब आँचलको फिल्म र पूजाको फिल्म भिडन्त निश्चित छ । अहिले यी दुवै अभिनेत्रीका लागि बक्सअफिसमा सफल हुन जरुरी नै छ । जसको फिल्म सफल हुन्छ उसकै करिअरलाई धेरै ठूलो राहत मिल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट