शनिवारको दिन नखानुहोस् यी चीजहरु-Sutra News

शनिवारको दिन नखानुहोस् यी चीजहरु

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

काठमाडौं – शनिवारको दिनलाई धार्मिक र महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ । यस दिनलाई शनि ग्रहको दिन पनि भन्ने गरिन्छ । हिन्दु धर्ममा शनिदेवतालाई न्यायको देवता मान्ने गरिन्छ ।



यसै कारण यस दिन शनिदेवतालाई खुशी परेमा शुरु गरेको काम पूरा हुने विश्वास छ । शनिदेवलाई खुशी पार्न पूजा गरिने हुनाले उनलाई प्रशन्न पार्न विभिन्न कार्यहरु गर्नु जरुरी हुन्छ ।

शनिदेवलाई खुसी बनाउन यस दिन सरसियौँको तेल, कालो तिल आदि चढाउन उत्तम मानिन्छ। यस दिन शनिदेवलाई खुसी पार्न विभिन्न खानेकुराहरु बार्ने गरिन्छ । अझ शनिदोष भएका व्यक्तिले भने बिशेष रुपमा बार्ने गर्नुपर्छ । शनिदोष भएका व्यक्तिले सादा दूध तथा दही खानु हुदैन ।

खानैपरेमा दूध तथा दहीमा बेसार तथा सख्खर मिसाएर खान सकिन्छ । शनिवारको दिन आँपको अचार अर्थात अमिलो चिजहरु खान पनि हुँदैन । मुसुरोको दाल, रातो खुर्सानी, रक्सी तथा मद्यपान पनि बार्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट