प्रचण्डलाई सूर्य थापाले भने- बेशरम महाशय, अब शरम मान्नुस् !-Sutra News

प्रचण्डलाई सूर्य थापाले भने- बेशरम महाशय, अब शरम मान्नुस् !

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘बेशरम महाशय’ भन्दै टिप्पणी गरेका छन् ।



एसपीपीको विषयलाई लिएर उनले प्रचण्डमाथि त्यस्तो टिप्पणी गरेका हुन्

‘२०७२ असाेज ६ गते तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील काेइरालाकाे निर्णयअनुसार नेपाल सरकार रक्षा मन्त्रालयले असाेज १३ गते नेपाली सेनालाई पत्राचार गरेकाे र त्यसैआधारमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कात्तिक १० गते अमेरिकी दुतावासलाई पत्र लेखेकाे तथ्य सार्वजनिक भइसकेकाे छ ।‘ उनले लेखेका छन् ।

उनले थपेका छन्, ‘यति स्पष्ट कुरामा थाहापत्ताे केही नभएजस्ताे गरी पुष्पकमल दाहाल(प्रचण्ड) र उनकै लहरमा थपिएर वामदेव गाैतम(वादेगाै) तीनतीन हात उफ्रिएकाे हुस्सु शैली देख्दा विचराहरू भनेर दयामात्रै गर्न सकिन्छ । शरम त मान बेशरम महाशयहरू!’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट