मन्त्री आलेलाई मन्त्री पदबाट हटाएर गाली शिरोमणिको उपाधि दिनुपर्छ – रावल-Sutra News

मन्त्री आलेलाई मन्त्री पदबाट हटाएर गाली शिरोमणिको उपाधि दिनुपर्छ – रावल

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाएर गाली शिरोमणिको उपाधि दिनुपर्ने बताएका छन् ।



शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले सो कुरा गरेका हुन् । मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएपनि सांसद रावलले संसदमा गाली शिरोमणिको उपाधि दिनुपर्ने कुरा गरेका हुन् ।

उनले भने सामाजिक मूल्य मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्रीजस्तो गरिमामय पदमा रहेर कहिल्यै सर्वसाधारण र कहिल्यै आफ्ना मातहतको कर्मचारीसँग बोकेको शब्द र गरेको व्यवहारले हाम्रो समाजलाई नै बेइज्जत गरेको छ । उनले यस्ता गाली शिरोमणिलाई संस्कृतिमन्त्रीको सट्टा गाली शिरोमणीको उपाधिले विभूषित गर्न पनि भने ।

नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री आले विवादमा तानिएका छन् । । यसअघि पनि उनले एक जना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भए पछि मन्त्री आले बिबादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट