धनगढी जान लागेको देउवा सवार हेलिकोप्टर भैरहवामा आकस्मिक अवतरण-Sutra News

धनगढी जान लागेको देउवा सवार हेलिकोप्टर भैरहवामा आकस्मिक अवतरण

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं – धनगढी जान लागेको प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टर भैरहवामा आकस्मिक अवतरण गरेको छ । शुक्रबार सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।



भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन भर्नको लागि हेलिकोप्टर अवतरण गरिएको हो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

विमानस्थलमा अवतरण भएपछि प्रधानमन्त्री देउवाले २० मिनेट नेता–कार्यकर्तासँग कुराकानी गरेका थिए । इन्धन भरेपछि देउवा सवार नेपाली सेनाको हेलिकोप्टर धनगढीका लागि उठेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट