बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध-Sutra News

बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं – बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडकहरु अवरुद्ध भएका छन् ।लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ ।



अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित बेलचौतारा–भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गएराति सडक अवरोध भएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । नवलपरासी (पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–१ स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन गएराति बगाएपछि सडक अवरोध भएको छ ।

इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी आवश्यक उद्धार कार्य समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट