काठमाडौँ । २७ जेठदेखि आमरण अनसनमा बसेकी सोनाली कुमारी सिंह निहारिकाले अनशन तोडेकी छन् । सरकारसँग ५ बुंदे सहमति भएसंगै उनले अनशन तोडेकी हुन् ।
महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी हुन् ।
भएको सहमतिमा प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने लगायतका कुराहरु उल्लेख भएको छ ।