

काठमाडौँ – विश्वमा आतंक मच्चाउन थालेको मङ्कीपक्स नेपालमा पनि देखिन थालेको छ ।
दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको हो ।
अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो ।