काठमाडौंबाट ५१ किलो हेरोइन बरामद, सात अफ्रिकी नागरिक पक्राउ-Sutra News

काठमाडौंबाट ५१ किलो हेरोइन बरामद, सात अफ्रिकी नागरिक पक्राउ

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

काठमाडौँ । नेपाल प्रहरीले ठूलो परिमाणमा हेरोइनसहित सात जना अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार प्रहरीले उनीहरुलाई झन्डै ५१ किलो हेरोइनसहित समातेको हो ।



पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेन्बेनी न्साम्बा, साबालाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरिन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोर्सस्ट छन् ।

ब्यूरोका अनुसार नेपालमा एकसाथ बरामद भएको यो हेरोइन अहिलेसम्मकै धेरै हो । उनीहरुको साथबाट ४९ किलो सेतो र दुई किलो खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला चार दिनमा उक्त परिमाणको हेरोइन बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट