काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले आन्दोलन गर्ने जानकारी दिएका हुन् ।
विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने, असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ ।