राजनीतिमा लागेको घोषणा गर्दै रवि लामिछानेले यसो भने (भिडियोसहित)-Sutra News

राजनीतिमा लागेको घोषणा गर्दै रवि लामिछानेले यसो भने (भिडियोसहित)

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछाने आफू राजनितीमा लागेको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै आजबाट आफू राजनीतिमा आएको जानकारी दिएका हु्न ।



उनले सञ्चार क्षेत्रमा रहेर आफूले कसैको ठाँउ लिन नखोजी आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरेको बताएका छन् । उनले अब आफ्नो आवाज संसदसम्म पुर्याउनको लागि राजनीतिमा लागेको बताएका छन् । उनले अब असार ७ गते राष्ट्रिय सभागृहमा भेटिने बताएका छन् ।

उनले भने – ‘संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते राष्ट्रिय सभागृह मा भेटौं।’

आउँदो संसदीय चुनावमा काठमाडौंबाट उठ्नको लागि उनले ग्यालेक्सी टीभीबाट बाहिरिएको जनाइएको छ। ग्यालेक्सी टीभीले उनलाई खादा लगाएर विदाई पनि गरेको छ । उनी आउँदो चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने बताइएको छ । उनी काठमाडौंको ५ वा २ बाट उठ्ने चर्चा चले पनि ३ नम्बर क्षेत्रबाट उठ्ने सम्भावना रहेको बताइएको छ । ग्यालेक्सी टीभीका संस्थापक तथा प्रस्तोता रहेका उनले सिधा कुरा कार्यक्रम चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट