खगेन्द्र लामिछानेको ‘पानीफोटो’ को टिजर सार्वजनिक-Sutra News

खगेन्द्र लामिछानेको ‘पानीफोटो’ को टिजर सार्वजनिक

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

काठमाडौं – अभिनेता खगेन्द्र लामिछानेको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ । लामिछानेले नै निर्देशन गरेको यस फिल्मको टिजर बिहीबार युट्युबमा सार्वजनिक भएको हो । टिजरमा माओवादी जनयुद्धकालमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको पीडा देखाइएको छ । अनुप बराल र मेनुका प्रधानको अभिनय र भिन्न गेटअपले मन पगाल्छ ।



आउँदो साउन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट