मेलम्ची बाढीको एक बर्ष, अझै बढ्न सकेन पुनर्निर्माणको काम (भिडियोसहित)-Sutra News

मेलम्ची बाढीको एक बर्ष, अझै बढ्न सकेन पुनर्निर्माणको काम (भिडियोसहित)

बुधबार, १ असार २०७९

बुधबार, १ असार २०७९

सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो बाढी आएको आज एक वर्ष भएको छ ।



गत वर्ष असार १ गते लेदोसहितको बाढीले हेलम्बु र मेलम्चीका झण्डै साढे ५ सय घर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए भने २६ जनाको ज्यान गएको थियो । करिव ४ हजार रोपनी जग्गा बगर बनेको थियो ।

बाढीका कारण राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुंगे पुल, ९ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भएका थिए । मेलम्चीमा खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति भएको थियो ।

हेडवक्र्सको पक्की संरचनाहरु पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको थियो । जसका कारण उक्त आयोजनाबाट काठमाणडैमा वितरण हुँदै आएको पानी बन्द आपूर्ति बन्द भएको थियो । अहिलेसम्म पनि पानी वितरण सहज हुन सकेको छैन ।

हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाले पीडितहरुलाई राहतका कामहरु शुरु गरेपनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष नै संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । तर बस्ती संरक्षण, स्थानान्तरण र पुनर्निर्माणका कुरा भए पनि अहिलेसम्म ती काम हुन सकेका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट