कमल थापालाई छोडेर राप्रपा फर्किए पौडेल र गुरुङ, जिम्मेवारीको टुङ्गो लाग्न बाँकी-Sutra News

कमल थापालाई छोडेर राप्रपा फर्किए पौडेल र गुरुङ, जिम्मेवारीको टुङ्गो लाग्न बाँकी

मंगलबार, ३१ जेष्ठ २०७९

मंगलबार, ३१ जेष्ठ २०७९

कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् ।



उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल व्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । तर गत वैशाखमा उनीहरु राप्रपा नेपालबाट अलग भएका थिए ।

कमल थापाले राजसंस्था नबोक्ने निर्णय गरेपछि र स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल र गुरुङ असन्तुष्ट थिए । पौडेल राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष र गुरुङ केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिए ।

राप्रपामा उनीहरुलाई के जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन । तर अध्यक्ष लिङ्देनले उचित जिम्मेवारी दिने बताएको उनी निकट स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट