म्यानचेस्टर सिटीले सार्वजनिक गर्‍यो हालान्डलाई-Sutra News

म्यानचेस्टर सिटीले सार्वजनिक गर्‍यो हालान्डलाई

सोमबार, ३० जेष्ठ २०७९

सोमबार, ३० जेष्ठ २०७९

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालान्डलाई सार्वजनिक गरेको छ ।



यसअघि नै सम्झौता नजिक रहेको बताएको सिटीले सोमबार औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार सिटीसँग हालान्ड पाँच वर्ष रहनेछन् ।

२१ वर्षीय हालान्डलाई सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सन् २०२७ सम्मका लागि अनुबन्ध गरेको हो । हालान्डले डर्टमन्डका लागि ८९ खेलमा ८६ गोल गरेका छन् भने नर्वेका लागि २१ खेलमा २० गोल गरेका छन् ।

‘यो म र मेरो परिवारको लागि गर्वको दिन हो’, सिटीसँग सम्झौता गरेपछि हालान्डले भने । हालान्डले सिटीका विश्वस्तरीय खेलाडी रहेको र पेप ग्वार्डिओला अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक मध्ये एक रहेको बताउँदै आफ्नो महत्वाकाँक्षा पूरा गर्न सही ठाउँमा पुगेको बताए ।

‘म गोल गर्न चाहन्छु र ट्रफी जित्न चाहन्छु । फुटबलकरो रुपमा अझ सुधार गर्न चाहन्छु र त्यो यहाँ गर्न सक्नेमा म विश्वस्त छु’, उनले भने ।

यस्तै सिटीका फुटबल निर्देशक टिकी बेगिरिस्टनले हालान्डलाई केही वर्षदेखि हेर्दै आएको र क्लबमा ल्याउन पाउँदा उत्सहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट