‘काँडेतार’को अफिसियल टिजर सार्वजनिक-Sutra News

‘काँडेतार’को अफिसियल टिजर सार्वजनिक

आइतबार, २९ जेष्ठ २०७९

आइतबार, २९ जेष्ठ २०७९

नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग राख्दै आएका निर्माता, नायक नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को टिजर सार्वजनिक भएको छ । चलचित्र ‘काँडेतार’ को देशभक्तिपूर्ण, आक्रमक टिजर ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।



चलचित्रमा सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेकोछ । विगतदेखि नै देशभक्तिपुर्ण चलचित्रहरू दशगजा, आवाज, भिमदत्त जस्ता निर्माण गर्दै आईरहेका नवल खड्काले नै काँडेतारको निर्देशन र निर्माण गरेका हुन् ।

नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा, रोमियन लिम्बु, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, अन्जु के सि, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्का आदिको अभिनय गरेको छ । चलचित्रका गायिका सत्यकला राई कार्यकारी निर्माता रहेकी छन् भने माकिको राई र अन्जु के सि निर्माता रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट