ईसाराको कमेडी शोमा वान्तुलाई विशेष सम्मान-Sutra News

ईसाराको कमेडी शोमा वान्तुलाई विशेष सम्मान

आइतबार, २९ जेष्ठ २०७९

आइतबार, २९ जेष्ठ २०७९

बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको पहलमा आयोजना भएको ‘अल नेपाल एकल कमेडी सो’ शनिबार राजधानीको जमल स्थित नाचघरमा बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न भइसकेको छ ।



उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई बिशेष सम्मान गरिएको छ । आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उव्देश्यले स्मृतीकोषको निर्माण थालनी भएको कलाकार गणेश इसाराले बताए ।

सफल महिला उद्यमी तथा समाजसेवि सुमित्रा वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको हो । कार्यक्रममा लोकप्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट