हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु-Sutra News

हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

आइतबार, २९ जेष्ठ २०७९

आइतबार, २९ जेष्ठ २०७९

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।



हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट