द ब्रिटिस मोडल कलेजका विद्यार्थीहरु र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया-Sutra News

द ब्रिटिस मोडल कलेजका विद्यार्थीहरु र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया

शुक्रबार, २७ जेष्ठ २०७९

शुक्रबार, २७ जेष्ठ २०७९

ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उनले विद्यार्थीहरुसँग आफ्नो अनुभवबारे चर्चा गरिन् । कार्यक्रममा द ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्र कँडेल र फ्याकल्टीको उपस्थिति रहेको थियो । डाइरेक्टर कँडेलले ब्राउनलीलाई स्वागत गरेका थिए । ब्राउनली केबल २१ वर्षको उमेरमा नै विश्वका १४ अग्ला हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छी आरोही बन्ने अभियानमा रहेकी छन् ।



विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनले भनिन्,‘म आठ वर्षको हुँदा पहिलो पटक मेरो बुबाले नै पदयात्रा सुरु गर्न प्रोत्साहन गर्नु भएको थियो । सोही प्रेरणका कारण दस वर्ष पुग्नुअघि नै मैले समुदायमा कीर्तिमान तोड्न सफल भए ।’ अन्य पर्वतारोहीको मिसन जस्तै एभरेष्ट उनको सुचीमा थियो ।

हालै मात्र ६ महिनामा सबै १४ हजार ८०० मिटर हिमालहरुको सफल पर्वतारोहण गरेर विश्व कीर्तिमान तोडेका नेपाली पर्वतारोही निम्ससँग उनले आरोहण गरेकी थिइन् । हालै उनले बनाएको कीर्तिमानलाई लिएर नेटफिल्क्सले १४ पिक्स डकुमेन्ट्री बनाएको थियो ।

ब्राउनलीले भनिन्,‘ निम्सले नै मलाई ८००० को सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी पदयात्राको अभियान सुरु गर्न प्रोत्साहित गर्नुभएको थियो । नतिजास्वरुप आज म यो मिसनको मध्यतिर छु ।’

उनले अगाडि भनिन्,‘मैले हालसम्म सातवटा मिसन पुरा गरिसकेकी छु । १२ जुनमा म मेरो दोस्रो चरणको मिसनका लागि पाकिस्तान पुग्दैछु जहाँ मैले नाङ्गा पर्वत, केटु र ब्रोड पिकको आरोहण गर्ने मिसन छ । अर्को समरसम्म मैले यी चार हिमाल चढ्ने मिसन रहेको छ ।’ उनले बीएमसीमा आफ्नो अनुभव सेयर गर्दै भनिन्,‘विश्वभरि आरोहण बाहेक, मेरो कथाबाट प्रेरित हुन सक्ने मानिसहरूलाई भेट्न र उनीहरु माझ आफुलाई उभ्याउन मलाई मनपर्छ ।’

उनले आफु जब ए लेभलमा हुदाँको दिनलाई सम्झिदै भनिन्,‘आज ब्रिटिस मोडल कलेजमा हुदाँ म निकै खुसी महसुस गरेकी छु । ए लेभलमा हुँदाका दिनहरु मैले सम्झिएकी छु । भविष्यको लागि मैले महसुस गरेको उत्साहमा मैले महसुस गरिरहेकी छु । सो समयमा म मेरो पर्वतारोहण परियोजना सुरु गर्ने क्रममा थिएँ। मलाई आशा छ कि आज सबै विद्यार्थीहरुले आफ्नो भविष्यबारे एक प्रतिशत पनि उत्साहा प्राप्त गरे ।’

उनले आफ्नो १४ पिक्स जर्नीको भाग बन्न सक्ने भन्दै विद्यार्थीहरुलाई धन्यवाद दिएकी छन् । उनको अनुभवबाट विद्यार्थीहरुले आफ्नो भविष्यबारे प्रेरणा पाएको कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट