पृथ्वी राजमार्ग भाँसियो, गाडी जताबाट आयो उतै फर्काइयो-Sutra News

पृथ्वी राजमार्ग भाँसियो, गाडी जताबाट आयो उतै फर्काइयो

शुक्रबार, २७ जेष्ठ २०७९

शुक्रबार, २७ जेष्ठ २०७९

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।



गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट