बजेट छलफलमा कुरा मिलेन, सामान्य प्रशासनमन्त्रीलाई आफ्नै पार्टीका सांसदले बोतल बजारे-Sutra News

बजेट छलफलमा कुरा मिलेन, सामान्य प्रशासनमन्त्रीलाई आफ्नै पार्टीका सांसदले बोतल बजारे

बिहिबार, २६ जेष्ठ २०७९

बिहिबार, २६ जेष्ठ २०७९

जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि उनकै दलका नेताले हातपात प्रयास गरेका छन् ।



स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात प्रयास गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा भेटवार्ता लागि पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै मन्त्रीमाथि आक्रोश पोखेका थिए । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि भेटमा सहभागी थिए ।

सांसद यादवले आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको भने स्वीकार गरे ।  ‘मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ, उहाँ पनि केके भनिरहनु भएको थियो’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट