

काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमण गर्न आज नेपाल आउंदै छन् । उनी आफ्नै निजि विमानमार्फत नेपाल आउन लागेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेका बेला उनी पनि नेपाल आउन लागेका हुन् ।
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल फ्लिनको सद्भावना भ्रमण रहेको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार जनरल फ्लिन बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रने छन् । शुक्रबार उनले सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्नेछन् ।
जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने कार्यक्रमसमेत रहेको छ ।