युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा-Sutra News

युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा

बिहिबार, २६ जेष्ठ २०७९

बिहिबार, २६ जेष्ठ २०७९

रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् ।
सेभेरोदोेनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ ।
मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ । औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भने ।



‘सहरको सडकभित्र मात्र लडाइँ चलिरहेको छ’, उनले भने । यसअघि युक्रेनी फौज पछाडि फर्कुपर्ने अवस्था आउनसक्ने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट