युक्रेनको अन्न निर्यातमा अवरोध हुँदा ‘दशौँलाखको जीवन जोखिममा’-Sutra News

युक्रेनको अन्न निर्यातमा अवरोध हुँदा ‘दशौँलाखको जीवन जोखिममा’

बुधबार, २५ जेष्ठ २०७९

बुधबार, २५ जेष्ठ २०७९

ब्ल्याक सी तर्फका युक्रेनी बन्दरगाहहरूलाई रुसले खुला नगरिइदिए दशौँ लाख मानिसहरूले भोकमरीका कारण ज्यान गुमाउन सक्ने इटलीले चेतावनी दिएको छ।



तर रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले चाहिँ किएभले उसका बन्दरगाह आसपासका जलक्षेत्रमा विछ्याएका बारुदी धराप हटाइएका खण्डमा युक्रेनको अन्न निर्यातको बिषय समाधान हुन सक्नेमा आफू आशावादी रहेको बताए।

युक्रेन विश्वको एउटा प्रमुख अन्न निर्यातकर्ता देश हो।

रुसले उसका कारण अवस्था खाद्य सङ्कटतर्फ गइरहेको भन्ने कुरा अस्वीकार गर्दै आएको छ।

इटलीको चेतावनी

इटलीका विदेशमन्त्री लुइगी दे मेयोले “अन्न निर्यातलाई रोक्नु भनेको दशौँ लाख बालबालिका, महिला र पुरुषहरूलाई बन्धक बनाएर मृत्युको सजाय दिनुजस्तो” भएको बताए।

भूमध्य सागर क्षेत्रका देशहरू र विश्व खाद्य कार्यक्रमको बैठकपछि बोलेका मेयोले आउँदा केही साताहरू कष्टपूर्ण हुने बताए।

युक्रेनले सामान्य ढङ्गले खाद्यान्न निर्यात गर्न नसकेसँगै सिर्जित अन्तर्राष्ट्रिय चिन्ताको पछिल्लो अभिव्यक्तिका रूपमा इटलीका विदेशमन्त्रीको भनाइ आएको हो।

मस्कोमाथि युक्रेनी बन्दरगाहहरूमा नाकाबन्दी हटाउन व्यापक दबाव परिरहँदा रुसी विदेशमन्त्री लाभ्रोभले भने त्यसको दायित्व युक्रेनतर्फ रहेको बताएका छन्।

युक्रेन के भन्छ?

किएभले भने समुद्रमा बिछ्याइएका बारुदी धराप हटाउँदा युक्रेन थप जोखिममा पर्ने र समुद्रतर्फबाट हमला हुने चिन्ता रहेको जनाएको छ।

रुसी विदेशमन्त्रीले अङ्करामा टर्कीका समकक्षी मेभलुट चाभुसोग्लुसँग वार्ता गरेका थिए।

रुसी विदेशमन्त्रीले अङ्करामा टर्कीका समकक्षी मेभलुट चाभुसोग्लुसँग वार्ता गरेका थिए।

मेभलुट चाभुसोग्लुले एउटा समुद्री मार्ग खुलाउने प्रयासको मध्यस्तता गरिरहेका छन्।

तर युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबाले अन्न आपूर्तिको विषयमा आफूहरूले संयुक्त राष्ट्रसङ्घमार्फत कुरा अगाडि बढाएको बताएका छन्।

उनले बन्दरगाह सहज पार्ने जुनसुकै कदमले आफ्नो सुरक्षामा असर पार्न नहुने समेत बताएका छन्।

युक्रेनको विदेश मन्त्रालयका प्रवक्ताले ‘अन्न पठाउने मार्गमार्फत् रुसलाई दक्षिणी युक्रेन हमला गर्न दिइन नसकिने’ बताएका छन्।

कुलेबाले भविष्यमा युक्रेन छाड्ने पानीजहाजको सुरक्षाका लागि टर्कीको नौसेनालाई आफूले विश्वास गर्ने बताएका छन्।  बीबीसी

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट