नबिल बैंकले केन्द्रीय र शाखा कार्यालयका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने-Sutra News

नबिल बैंकले केन्द्रीय र शाखा कार्यालयका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने

बुधबार, २५ जेष्ठ २०७९

बुधबार, २५ जेष्ठ २०७९

नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ ।



काठमाडौं महानगरपालिका र नबिल बैंकबीच बुधबार सम्झौता भएको छ, जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ ।

शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ ।
यो सम्झौता ५ वर्षको हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट