नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले सुत्र बहससँगको अन्तरबार्तामा बताए कि हाम्रो देशको सिस्टम पावर, पैसा, र मसल्सको भरमा चलिरहेको छ ।
आफुलाई पटकपटक मन्त्री बनाउने आश्वासन पाएका चौधरी यसपटक मन्त्री हुने पक्का भएको थियो । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले आफ्नै पार्टीको मन्त्री रामकुमारी झाँक्रीलाई हटाई चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
यद्यपी अहिलेसम्म मन्त्रीमा नियुक्त हुन सकेको छैन । चौधरीले यदी यस्तै अवस्था रहेमा बरु राणा शासन फिर्ता ल्याउँ, राजालाई खोजेर ल्याउँ किन चाहियो हामीलाई यस्तो व्यवस्था ? भन्दै आक्रोश व्यक्त गरे ।
चौधरीको दावी यो छ की गएको स्थानीय निर्वाचनबाट बालेनको उदय हुनु बालेनको दोष होइन, हामीजस्तै राजनीति गर्ने नेता, पार्टी, भ्रष्ट, लोभीपापी, अधम भएकै कारणले हो । अब अर्को चुनावमा बालेन जस्ता हरुले हामीलाई सोत्तर पार्नेछन् ।
उनिसँग गरिएको भिडियो अन्तरबार्ता पूरा अंश तलको लिंकमा हेर्न सकिनेछ ।