कालीमाटी तरकारी बजार : काउलीमा भेटियो खानै नहुने हानीकारक विषादी-Sutra News

कालीमाटी तरकारी बजार : काउलीमा भेटियो खानै नहुने हानीकारक विषादी

बुधबार, २५ जेष्ठ २०७९

बुधबार, २५ जेष्ठ २०७९

देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ ।



मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो ।

कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठले स्वीकार गरे ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट