भारतीय सुरक्षाकर्मीको कुटाईबाट नेपाली घाइते-Sutra News

भारतीय सुरक्षाकर्मीको कुटाईबाट नेपाली घाइते

बुधबार, २५ जेष्ठ २०७९

बुधबार, २५ जेष्ठ २०७९

भारतीय सीमा सुरक्षा बलका जवानहरुको कुटाईबाट अटिअर्वा नाकामा मंगलबार एक नेपाली नागरिक घाइते भएका छन्। एसएसबीको कुटाईबाट कलैया उपमहानगरपालिका  १० अटिअर्वाका सजिल मियाँ घाइते भएका बारा प्रहरीले जनाएको छ ।



भारतको आदापुर बजारमा किनमेल गर्न जाँदै गरेको मियाँलाई कुटपिट गरिएको विरोधमा मटिअर्वाका स्थानीयहरुले भारतीय सीमा सुरक्षा बलकाे विरुद्धमा प्रदर्शन समेत गरेका छन्।

भारतीय एसएसबीले नेपालबाट आदापुर बजारबाट माल सामान किन्न आउने नेपालीहरुमाथि ज्यादती गरेको देखेर भारतीय गाउँ लालाछप्राका स्थानीयले समेत मंगलबार बिहानै विरोध गरेका थिए।

कुटपिटबाट घाइते मियाँको कलैया अस्पतालमा उपचार गराई घर फर्काइएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नेपाली कुटने भारतीय एसएसबीको जवानलाई कारबाही गर्न भारतीय दुतावासको जानकारी गराइएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट