बालेनले भेटे लगानी बोर्डका कार्यकारी अधिकृत, फोहोरकै विषयमा गरे छलफल-Sutra News

बालेनले भेटे लगानी बोर्डका कार्यकारी अधिकृत, फोहोरकै विषयमा गरे छलफल

मंगलबार, २४ जेष्ठ २०७९

मंगलबार, २४ जेष्ठ २०७९

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच छलफल भएको छ ।



मंगलबार नयाँ बानेश्वरमा भएको उनीहरुबीचको भेटवार्तामा महानगरको फोहोर कसरी उठाउने भन्ने विषयमा छलफल भएको छ ।

मेयर शाहलाई काठमाडौँ महानगरको फोहोर उठाउने विषयमा ठुलो चुनौती खडा भएको छ ।

मेयर शाहले अहिलेसम्म दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट