शेयर बजारको विषयमा गभर्नरको विशेष चासो, लगानीकर्ताहरुलाई दिए आश्वासन-Sutra News

शेयर बजारको विषयमा गभर्नरको विशेष चासो, लगानीकर्ताहरुलाई दिए आश्वासन

मंगलबार, २४ जेष्ठ २०७९

मंगलबार, २४ जेष्ठ २०७९

काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजारको विषयमा चासो व्यक्त गरेका छन् ।



मंगलबार नेपाल राष्ट्र बैंकमा नेपाल पुँजीबजार लगानीकर्ता संघ र बोर्डका पदाधिकारीहरु संगको भेटमा गभर्नर अधिकारीले लगानीकर्ताहरुको समस्या गम्भीर रुपले अध्ययन गरेको बताएका हुन् ।

उनीहरुले गभर्नरलाई शेयर बजारको पछिल्लो अवस्था, लगानीकर्ताहरुमा परेको दबाब, ४/१२ करोडको क्याप तथा CD र  CCD को बारेमा अवगत गराएका थिए ।

गभर्नर अधिकारीले देशको समग्र अर्थतन्त्रलाई ध्यानमा राख्दै विभिन्न समस्याहरुको बारेमा छलफल गरेर जतिसक्दो छिटो समाधान गर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट