काठमाडौंमा भएको सहमति सिसडोलका स्थानीयले नमान्ने, रोकियो फोहोरका गाडी-Sutra News

काठमाडौंमा भएको सहमति सिसडोलका स्थानीयले नमान्ने, रोकियो फोहोरका गाडी

मंगलबार, २४ जेष्ठ २०७९

मंगलबार, २४ जेष्ठ २०७९

हिजो काठमाडौंमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन् ।



हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको जनप्रतिनिधिहरुबीचको वार्तामा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच आजदेखि फोहोर उठाउने सहमति भएको थियो ।

वार्तामा स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने काठमाडौं महानगरले प्रतिबद्धता जनाएको थियो ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट