ओलीले नियुक्त गरेका वायु सेवा निगमका महाप्रबन्धकको जागिर देउवाले खाइदिए -Sutra News

ओलीले नियुक्त गरेका वायु सेवा निगमका महाप्रबन्धकको जागिर देउवाले खाइदिए 

सोमबार, २३ जेष्ठ २०७९

सोमबार, २३ जेष्ठ २०७९

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।



पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुभएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट