![Nighty-Infinity](https://www.sutranews.com/wp-content/uploads/2022/06/Nighty-Infinity.jpg)
![अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ हुँदै](https://www.sutranews.com/wp-content/uploads/2022/06/Nighty-Infinity.jpg)
नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रूचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुत दिन लागेका हुन् ।
नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम हुन लागेको छ । जसमा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू तथा छेवाङ लामाले आफ्नो प्रस्तुती दिनेछन् ।
यही ९ जुन अर्थात २६ जेठमा सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्यूमा कार्यक्रम आयोजना हुनेछ । उक्त कन्सर्टको टिकट अनलाइन मार्फत लिन सकिने आयोजक संस्थाले जनाएको छ ।
१८ वर्षमाथिका दर्शकहरूले सहभागिता जनाउने सक्ने उक्त कार्यक्रम स्थानीय समयअनुसार राति ८ बजेदेखि सुरु हुनेछ ।