शेयरबजारको सामस्या हल गर्न ५ बुँदे माग राख्दै लगानीकर्ताले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र-Sutra News

शेयरबजारको सामस्या हल गर्न ५ बुँदे माग राख्दै लगानीकर्ताले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

आइतबार, २२ जेष्ठ २०७९

आइतबार, २२ जेष्ठ २०७९

शेयर बजारमा देखिएको विभिन्न समस्या समाधानको माग राख्दै लगानीकर्ताहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा आज विहान विभिन्न ४ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाइएको हो ।



संघले बुझाएको ज्ञापनपत्रमा शेयर धितोमा लगाइएको ४ करोड र १२ करोड रुपैंयाँको क्याप हटाउनुपर्ने, सीसीडी रेसीयोलाई पुनः सीडी मै कायम गर्नुपर्ने, भारित औषध दर १०० नै कायम गरिनुपर्ने, शेयर बजारलाई देशव्यापी विस्तार गर्न सातै प्रदेश र ७७ वटै जिल्लामा रहेका बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरिएको छ ।

निरन्तर बजारमा आएको गिरावटले लगानीकर्ताहरु मारमा पर्नुका साथै आन्दोलीत हुने अवस्था आएका कारण समस्या समाधानको पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको संघकी अध्यक्ष पोखरेलले जानकारी दिइन् । उनले भनिन्– ‘लगानीकर्ताहरु घर न घाटको अवस्थामा पुगिसके, आत्महत्या गर्नुपर्ने स्थिति आइसक्यो, यसकारण प्रधानमन्त्रीज्यूलाइ ज्ञापनपत्र बुझाउनुका साथै समस्या समाधान को लागि पहल गरिदिन भेटेरै आग्रह गरेका छौं ।’

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सम्बन्धीत निकायसँग समन्वय गरी समस्या समधानका लागि आवश्य पहल गरिदिने प्रतिवद्धता व्यक्त गरेको पोखरेलले जानकारी दिइन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट