ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय-Sutra News

ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय

आइतबार, २२ जेष्ठ २०७९

आइतबार, २२ जेष्ठ २०७९

ट्याक्सी सेवा प्रदायक स्टार्टअप कम्पनी ट्याक्सीमान्डुले काठमाडौंमा निःशुल्क शौचालाय संचालनमा ल्याएको छ । राजधानीको गोपीकृष्णमा रहेको कर्पोरेट अफिसको दुईवटा शौचालयलाई सार्वजनिक प्रायोजनका संचालनमा ल्याइएको ट्याक्सीमान्डुले जनाएको छ ।



काठमाडौं महानगरको आह्वानलाई सहयोग पुर्याउने उदेश्यले शौचालय संचलनमा ल्याइएको ट्याक्सीमान्डुका सञ्चालक अर्जुन केसीले बताए । उनले भने– ‘होटेल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने प्रयास गरिरहेको अवस्थामा सानो सहयोग गर्ने प्रयास गरेका हौँ । चाबहिल, गोपिकृष्ण क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यकता पनि धेरै छ ।’

यी शौचालय सरसफाइका लागि छुट्टै कर्मचारीसमेत राखिने उनले जानकारी दिए । यसअघि होण्डाले पनि सबै शोरुमहरूमा निःशुल्क सार्वजनिक शौचालाय बनाउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट