एकिकृत समाजवादीले निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशबाट सूचना सङ्कलनका लागि प्रतिनिधी खटायाे-Sutra News

एकिकृत समाजवादीले निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशबाट सूचना सङ्कलनका लागि प्रतिनिधी खटायाे

आइतबार, २२ जेष्ठ २०७९

आइतबार, २२ जेष्ठ २०७९

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ ।



शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्थानीय तह चुनावको समीक्षाका लागिबसेको सचिवालय बैठकले ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाउने निर्णय गरेको हो ।

बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षो हुन नसकेको भन्दै ५ दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने गरी ७ वटै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाइएको पार्टीका उपमहासचिव गंगालाल तुताधरले बताए ।

बैठकपछि पत्रकारहरुलाई संक्षिप्त जानकारी गराउँदै तुलाधरले प्रदेश–१ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कणौलीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई सूचना संकलन गर्नका लागि जिम्मेवारी तोकिएको छ ।

शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्ययोजनाको ’boutमा छलफल भएको बताईएको छ ।

सचिवालयले गरेको समीक्षाको आधारमा प्रतिवेदन बन्ने र त्यसलाई तल्ला कमिटीहरुमा लैजाने तुताधरको भनाई छ ।
नेता तुलाधरले संगठनात्मक आधार हुँदा-हुँदै गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको लगायतका सवालमा सत्ता गठबन्धमा रहेका दलमा छलफलको विषय बनाउने निर्णय पनि गरेको छ ।

आफूहरू गठबन्धनप्रति इमाननर भए पनि अन्य दलबाट धोखा भएको अनुभव नेताहरुवाट रिपोट भएको नेता तुलाधरले जानकारी दिए ।

‘बैठकमा स्थानीय तह निर्वाचनको समग्र समीक्षा, गठबन्धन भित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरूको भूमिका र आगामी दिनमा कस्तो कार्ययोजनाका साथ अघि बढ्ने भन्ने विषयमा घनिभूत छलफल भएको छ । तर सबै सूचनाहरू प्राप्त नभएकाले सात वटै प्रदेशमा सचिवालयका सदस्यहरूलाई पाँच दिन भित्र त्यसको गम्भीर समीक्षा हुने गरी आवश्यक सूचना सङ्कलन गर्न खटाउने निर्णय गरिएको छ’ तुलाधरले भने । बैठक भोलि ११ वजे पून बस्नेगरी स्थगन भएको छ । राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट