प्रचण्ड भेट्न खुमलटारमा बालेन, के भयो छलफल ?-Sutra News

प्रचण्ड भेट्न खुमलटारमा बालेन, के भयो छलफल ?

शनिबार, २१ जेष्ठ २०७९

शनिबार, २१ जेष्ठ २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् ।



भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट