प्रचण्ड र माधवलाई सूर्य थापाले भने- देउवाका चुत्था नोकरलाई प्रधानमन्त्री ?-Sutra News

प्रचण्ड र माधवलाई सूर्य थापाले भने- देउवाका चुत्था नोकरलाई प्रधानमन्त्री ?

शुक्रबार, २० जेष्ठ २०७९

शुक्रबार, २० जेष्ठ २०७९

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् ।



एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गरेको कुरा चर्चामा आएसँगै  थापाले यस्तो कुरा बताएका हुन् ।

उनले एमालेले प्रधानमन्त्री अफर गरेको कुरा केवक एक आत्मस्तुती र आत्मप्रचार गरेको अर्थ्याएका छन् ।

उनले लेखेका छन्, ‘प्रचण्ड र मा.कु. नेपाललाई प्रधानमन्त्रीकाे अफर, त्याे पनि एमालेबाट ? याे निर्लज्ज आत्मस्तुति र आत्मप्रचार बाहेक केही हाेइन।‘

त्यस्तै नेपाल र प्रचण्डले प्रधानमन्त्री बन्ने सपना देखेको उनले उल्लेख गरेका छन् ।

‘स्वर्ग जाने भन्दै नर्ककाे टिकट काटेका देउवाका चुत्था नाेकरहरूलाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैन।‘ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट